18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

घरमा बस्न पाउने आशमा कुशबधिया जाती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३  

कोहलपुर, २३ फागुन /  नेपालगन्ज उप–महानगरपालिका २३ इन्द्रपुरका लोपोउन्मुख कुशबंधिया जाती सरकारले जनता आवास कार्यक्रम लागु गरे पछि सुरक्षित घरमा बस्न पाउने आशमा रहेका छन् । दिनभरी सिलौटा, जाँचो र डोरी बेचेर आएको आम्दानीबाट साँझ बिहानको छाक टार्नै मुस्कील पर्ने भए पछि सुरक्षित आवाश निर्माण गर्न नसक्नुभएका इन्द्रपुर गाउँका पटवारी कुशबंधियालाई सरकारले आफुहरु जस्ता निम्न आर्थीक अवस्था भएका जनताको घर बनाइ दिन्छ भन्ने आशा रहेको बताए ।
जनता आवास कार्यक्रम प्रति उनको मात्रै सरकारसंग आशा , अपेक्षा होइन उनी जस्ता जिल्लामा बस्ने सबै कुशबंधिया समुदायका नागरिकहरुको अपेक्षा उस्तै छ । सरकारले ल्याएको जनता आवास कार्यक्रमबाट आशा मात्रै होइन कुशबंधिया समुदायलाइ हुने खाने र पहुँचमा भएकाहरुले मात्रै घर पाउने हुन् कि भन्ने आशंका पनि छ ।
आशा र आशंका दुबै बोकेका जिल्लाका लोपोउन्मुख जाती कुशबंधिया २०५८ सालको जनगणना अनुसार बाँकेमा इन्द्रपुर , फुलटेक्रा र मनिकापुरमा गरी ५ सय ५२ जनसंख्या
रहेका छन् । उनीहरुलाई (पत्थरकट्टा) जातीका रुपमा समेत चिनिन्छ । नेपाल सरकारले बाँकेमा मात्रै एक हजार २४ घर जनता आवास कार्यक्रम मार्फत निर्माण गर्ने भएको जिल्ला
समन्वय समिति बाँकेले जनाएको छ । जनता आवास कार्यक्रममा आवास निर्माण गर्दा कार्यविधि अनुरुप फम संकलन गरी छनोट गर्ने समितीले जनाएको छ ।
नेपाल सरकारले आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र माजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २३, २०७३     12:09:56 PM  |