कोहलपुर, २३ फागुन / कलेज कलेज अफ इन्जिनिरिङ एण्ड म्यानेजमेन्ट नेपालगन्जका विद्यार्थीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । कलेज प्रशासनसँग विभिन्न १३ बुँदे माग राख्दै विद्यार्थीहरु केही दिनयता आन्दोलनमा उत्रिएका हुन् ।
सिभिल इन्जिनिरिङका प्रथम, दोस्रो, तेस्रो र चौथो बर्षका विद्यार्थीहरु पठनपाठन ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । कलेजको मुख्य गेटमा तालाबन्दी गरेर विद्यार्थीहरुले कलेज भित्र कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् । लाखौं रुपैँया तिरेर दक्ष इन्जिनियर बन्ने सपनामा कलेज प्रशासनले धोका दिन लागेकोमा आन्दोलनमा उत्रिनुपरेको विद्यार्थीहरुले बताएका छन् । नियमित पठनपाठन हुनुपर्ने, पाठ्यक्रम अनुसार प्रयोगनात्मक गराउनुपर्ने, साप्ताहीक रुपमा खेलकुद हुनुपर्ने लगायतका मागहरु विद्यार्थीहरुले कलेज प्रशासन समक्ष राखेका
छन् ।
विद्यार्थीहरुको आन्दोलनलाई जिल्ला स्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू र नेपाल विद्यार्थी संघले ऐक्यवद्वता समेत जनाएका छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने विद्यार्थीहरुले बताएका छन् ।
प्रकाशित मिति : २०७३ फागुन २३ गते सोमबार









प्रतिक्रिया दिनुहोस्