20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

गाउँमै आँखाको सफल अप्रेशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

जाजरकोट, २२ फागुन / गाउँमै आँखाको अप्रेशन भएपछि सय भन्दा बढी मोती बिन्दुका बिरामी खुशी भएका छन् । रोगले कुनै पनि बस्तु देख्न नसक्ने आँखाको रोसनीले संसार देख्न सक्ने भएपछि सय बढी मोती बिन्दुका बिरामीहरु खुशी भएका हुन् । मोती बिन्दु रोगका कारण दुई बर्ष पहिले देखि आँखा देख्न छोडेका नायकवाडा–२ रावत जिरिका ७० बर्षिय दलबहादुर रोकायको आँखा अप्रेशन भएपछि आँखा देख्न सक्ने भएर घर फर्केका छन् । तीन दिनको पैदल यात्रामा अर्काको सहारामा रिम्ना पुगेका रोकाय आँखा अप्रेशन पछि आफै हिँडेर घर फर्कन सक्ने भएका छन् ।जाजरकोट रिम्नामा सञ्चालन गरिएको आँखा शिवीरवाट रुकुम र जाजरकोट जिल्लाका बिभिन्न ठाउँका ५ सय ४५ जना बिरामीले सेवा लिएको जाजरकोट आँखा उपचार केन्द्रमा कार्यरत प्रदिप जंग शाहले जानकारी दिए । तीन दिन सम्म सञ्चालन गरिएको आँखा शिविरले १ सय ४१ जना मोती बिन्दुका बिरामीहरुको सफल आँखा अप्रेशन गर्न सफल भएको शाहले बताए । उक्त शिविरमा बाईमेट्री लेन्स पावर जाँच मेसिनको प्रयोग गर्नुको साथै, पर बिरामी पर अप्रेशन सामाग्री प्रयोग गरेर बिरामीलाई सेवा प्रवाह गरिएको शाहले दावी गरे । अप्रेशन गरिएका अधिकाह बिरामीहरु महिला, दलित जनजातीहरु रहेको शाहले बताए ।
नेपाल रेडक्रस सोसाईटी, सुर्खेत आँखा अस्पतालको आर्थिक तथा प्राबिधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा जाजरकोट, जुरेस भेरी त्रिबेणी मावि रिम्ना र भेरीमालिका नगरपालीकाको आयोजनामा यही फागुन १९ गते देखि २१ गते सम्म भेरी त्रिबेणी मावि रिम्नामा तीन दिने निशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरको अन्तिम दिन हनिवार बिरामीहरुलाई फलफुल बितरण गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     12:59:29 PM  |