22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

गजलकार ज्ञानुवाकर सम्मानित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

राजापुर (बर्दिया), २२ फागुन / गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल सम्मानित भएका छन् । चार दशक देखि गजल उत्थानका लागि क्रियाशिल रहँदै आएको भन्दै राजापुर साहित्य प्रतिष्ठानले शनिबार सम्मान गरेको हो ।
बर्दिया राजापुरमा भएको कार्यक्रममा ज्ञानुवाकरलाई सम्मानका साथै छन्द कवि जीवराज पाण्डेको कविता विशेष प्रस्तुती पनि राखिएको थियो । कार्यक्रममा विभिन्न श्रष्टाहरुले गजल, कविता वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा साहित्यकारहरु हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर अध्यक्ष महानन्द ढकाल, खगेन्द्र गिरी ‘कोपिला’, छबिलाल कोपिला, त्रिपुरा पौडेल, पूर्ण समिर महतरा, महेन्द्र चन्द महासागर, अमर वली, प्रदिप भट्टराई, बिक्रम शिशिर लगायतको बाँके बर्दिया, कैलाली, सुर्खेत, जाजरकोट, दाङ्गका करिब सय बढी साहित्यकारहरुको उपस्थिति थियो ।
राजापुर साहित्य प्रतिष्ठान अध्यक्ष जे.बि. अनुरागीको सभापतित्वमा भएको कार्यक्रमको संचालन गजलकार हरिप्रकाश भण्डारीले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     12:38:57 PM  |