24 September 2023  |   सोमवार, अशोज ८, २०८०

सकियो महायज्ञ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३  

कोहलपुर, २२ फागुन / ऊँ केद्धारेश्वर धाममा सञ्चालित महायज्ञ करिब २२ लाख रकम संकलन गर्दै सकिएको छ । यहि फागुन १३ गते देखि २१ गते सम्म सञ्चालित धार्मिम ज्ञानमहायज्ञमा नगद तथा प्रतिबद्धता गरी करिब २२ लाखको हाराहारीमा रकम संकलन भएको सञ्चालन उपसमिति संयोजक शंकर शर्माले जानकारी दिए ।
महायज्ञको अन्तिम दिन बाँसगढी हाउपुर निवासी टिकाराम भट्टराईका दाजुभाईले धाम निर्माणको लागि ६ लाख सहयोग गर्ने प्रतिबद्धता गरेका छन । महायज्ञमा अन्य बर्ष भन्दा थोरै थोरै साना साना दानदाताहरुबाट रकम संकलन भए पनि धेरै जस्तो नगद रकम संकलन भएको जनाइएको छ ।
ऊँ केदारेश्वर धामलाई नेपालकै पर्यटकीय स्थलको रुपमा विकास गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको रुपमा धार्मिक तिर्थस्थल बनाउन निर्माणाधिन भौतिक संरचनाहरु निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले चौथो बर्दिया बाँसगढी धार्मिक ज्ञानमहायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा पुरानो रकम पनि यस महायज्ञबाट उठेको छ । पुराना बर्ष रुपमा प्रतिबद्धता गरेका केही दानदाताहरुले यस बर्षको यज्ञमा रकम दिएको आयोजकले जनाएको छ ।
धाम निर्माणको लागि नगरबासीहरुले मुठि दान गरिएको धान र चामल गरी करिब ९० कुइन्टल हुने अनुमान गरिएको छ ।
धामका संकल्पकर्ता लोकानन्द स्वामीको उपस्थितमा भएको धार्मिक महायज्ञमा कथा बाचन गुरु धर्मराज आत्रयले गरेका थिए भने श्रदालुभक्तजनहरु सँगै दानदाताहरुको सँख्या उलेख्य रहेको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २२, २०७३     11:57:07 AM  |