कोहलपुर, २१ फागुन / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भेरी अञ्चल समितिको शुक्रबार कोहलपुरमा भेला सम्पन्न भएको छ । भेलाले नेपाल सरकारले फागुन ८ गते जारी गरेको यातायात व्यवस्था विभागले सवारी रुट अनुमति सम्बन्धको सर्कुलर कार्यान्वयनमा लैजानका लागि जिल्ला प्रशासन कार्यालय र यातायात व्यवस्था कार्यालय भेरीलाई अनुरोध गर्ने निर्णय गरेको गरेको छ । यस्तै भेलाले मालबहाक सवारी साधनको हकमा नेपाल सरकारले तोकेको वैज्ञानिक भाडादर लागू गर्ने निर्णय गरेको छ ।
मध्यपश्चिम क्षेत्रिय संयोजक शोभाखर पौडेल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मनप्रसाद आचार्य, भेरी अञ्चलका १० वटा यातायात समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भेरी अञ्चल संयोजक टंक बस्याल सभापतित्वमा भएको कार्यक्रमको संचालन नमस्ते नेपाल यातायात बरिष्ठ उपाध्यक्ष गोविन्द पौडेलले संचालन गरेका थिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २१, २०७३