24 September 2023  |   सोमवार, अशोज ८, २०८०

चारकोठे भवन शिलन्यास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

कोहलपुर, १९ फागुन / उढरापुर ७ बाँके स्थित भानु माविमा चारकोठे भवन निर्माण हुने भएको छ । बुधबार उढरापुर गाविसका पूर्व अध्यक्ष कृष्णमान श्रेष्ठले भवनको शिलन्यास गरेका हुन् ।
३२ लाखको लागतमा बन्ने सो भवन आगामी वर्षको भदौ महिनाभित्र सम्पन्न हुने विद्यालयका प्र.अ. बुद्धिप्रसाद बन्जाडेले जानकारी दिए ।
उनले जिल्ला शिक्षा कार्यालयको सहयोगमा भवन निर्माण भैरहेको बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गरिबे शेषको सभापतित्वमा भएको भवन शिलन्यास कार्यक्रममा उढरापुर गाविस सचिव कृष्णबहादुर रोकाया, जिल्ला शिक्षा कार्यालय बाँकेका इन्जिनियर भानुभक्त न्यौपाने लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन चेवन प्रसाद पोख्रेलले गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     1:04:27 PM  |