25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

बैंकर्स र होटल व्यवसायी फाइनलमा भिड्दै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३  

कोहलपुर, १९ फागुन  / नेपालगन्जमा जारी विभिन्न पेशाकर्मी बीचको मैत्रीपूर्ण प्रतियोगीताको आज बिहीबार फाइनल खेल हुने भएको छ । फाइनलमा बैंकर्स र होटेल ब्याबसायी संघ बीच प्रतिस्पर्धा हुने भएको हो । मैत्रीपुर्ण खेलमा बुधबार भएको प्रतियोगितमा बैंकर्स टिमले उद्योग बाणिज्य संघलाई १ का विरुद्ध ४ गोल गरेर फाइनलमा प्रबेश गरेको हो । बैंकर्सका तर्फबाट विरेन्द्र बहादुर चन्दले ३ गोल गरेर हेट्रिक गरेका छन् भने बैंकर्सकै प्रेम पौडेलले १ गोल गरे ।
यस्तै नेपालगन्ज उद्योग वाणिज्य संघले भने १ गोल मात्रै फर्काउन सफल भएको आयोजक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी दिए ।
यस्तै दोश्रो खेलमा होटेल ब्यबसायी संघ र जिल्ला खेलकुद विकास समिति बीच प्रतिस्पर्धा भएको थियो । होटल व्यवसायीले खेलकुद विकास समितिलाई १ का विरुद्ध ४ गोल गरेर बिजयी भयो । होटल व्यवसायीको तर्फबाट खेल सुरु भएको ५ मिनेटमै सुरज रावतले १ गोल गर्न सफल भए । होटल व्यवसायी संघकै तर्फबाट जिवन रावतले ३ गोल गरेर ४ गोल पु¥याउन सफल भयो ।
यस्तै जिल्ला खेलकुद विकास समितिको तर्फबाट रविन श्रेष्ठले १ गोल फर्काउन सफल भएको आयोजक टिमका प्रवक्ता आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३     12:42:46 PM  |