बाँसगढी, १९ फागुन / बाँसगढी बहुमुखी क्याम्पसको अध्यक्षमा शंकर रानाभाट बिजयी भएका छन् । बुधबार भएको स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) बाट अध्यक्षका उम्मेद्वार धनिराम चौधरीलाई उछिन्दै नेवि संघबाट उमेद्वारी दिएका रानाभाटले ८१ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी चौधरीले ४६ मत प्राप्त गरेका छन् ।
त्यस्तै सचिव र कोषाध्यक्ष पदमा पनि नेवि संघ बिजय भएको छ । सचिवमा टार्जन राजबंशीले ६६ मत प्राप्त गरी बिजय भएका छन् भने कोषाध्यक्षमा गिता पौडेल ६४ मत ल्याई बिजय भइन् ।
त्यस्तै सदस्यमा अनेरास्वबियु छैठौंका बिष्णु अधिकारी, अखिल (क्रान्तिकारी)का पप्पु अली र अनेरास्ववियुका शिव प्रसाद चापागाँई बिजयी भएका छन् । त्यस्तै समानुपातीक तर्फ नेबि सँघले ५१ मत, अखिल (क्रान्तिकारी)ले ३२, अनेरास्वयूले २५, अखिल छैठौंले ७, राप्रवि संगठनले ४, नेप्रावि संघले ६ मत पाएको छ । निर्वाचन एकदम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बाँसगढी बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख ईश्वरी प्रसाद रिजालले बताए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १९, २०७३