15 May 2021  |   शनिबार, जेष्ठ १, २०७८

महोत्सव आज सम्पन्न हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १७, २०७३  

कोहलपुर, १७ फागुन / कोहलपुरमा जारी कोहलपुर महोत्सव आज (मंगलबार) सम्पन्न हुँदैछ । सोमबार नै सकिनुपर्ने भएपनि दर्शकको मागलाई सम्बोधन गर्दै एक दिन थप गरिएको थियो ।
महोत्सव समग्रमा सफल भएको विश्लेषण गरिएको छ । रुद्राक्ष फिल्म प्रा.लि. र ग्रिन युथ क्लबको संयक्त आयोजनामा भएको महोत्सव समग्रमा सफल भएको निष्कर्ष निकालिएको हो ।
महोत्सवको ११ औं दिन सम्म करिब १ लाख २५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरेका छन भने ७० लाख बराबर आर्थिक कारोबार भएको महोत्सव आयोजकले जानकारी दिएको छ ।
यसैबीच महोत्सवको ११ औं दिन सोमबार युवा युस्तामाझ लोकप्रिय गायिका अञ्जु पन्तले कोहलपुरमा तहल्का मच्चाएकी छन् । हालसम्म थुप्रै चर्चित गितमा स्वर भरिसकेकी पन्तले पहिलो पटक कोहलपुर महोत्सवमा प्रस्तुती दिएकी हुन् । उनिसँगै अन्य कलाकारहरुले समेत आप्mनो प्रस्तुती दिएका थिए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १७, २०७३     2:00:52 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *