बागेश्वरी क्याम्पस प्रमुखको कार्यकक्षमा रहस्यमय आगजनी
कोहलपुर, १७ फागुन / स्ववियू निर्वाचन हुन दुई दिन बाँकी रहेकै बेला कोहलपुरस्थित बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा रहस्यमय आगजनी भएको छ । क्याम्पस प्रमुखको कार्यकक्षमा आइतबार मध्यरातमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कुर्सी, टेबुल, फोनसेट, घडी, कागजपत्र लगायतमा क्षति पुगेको छ । अधिकांश सामानहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख कक्ष कोठाको झ्यालको सीसा फोडेर अज्ञात समूहले आगो लगाएको हुनसक्ने कोहलपुर प्रहरीले जनाएको छ । आइतबार मध्यरातमा आगो लगाइएको भएपनि क्याम्पसका कर्मचारीले भने सोमबार बिहान मात्र थाहा पाएका थिए । राती लगाइएको आगो आफै निभेको प्रहरीको भनाई छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको
छ ।
विद्यार्थी संगठनद्वारा भत्र्सना क्याम्पस प्रमुखको कार्यकक्षमा भएको आगजनीको विभिन्न विद्यार्थी संगठनहरुले घोर भत्र्सना गरेका छन् । संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । नेविसंघ, अनेरास्ववियू, अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति निकालेका हुन् । स्ववियू निर्वाचन कत्तिको सम्भव ? स्ववियू निर्वाचन फागुन १८ गते बुधबारलाई तय गरिएको छ । अब एक दिन मात्रै बाँकी रहेको छ । विद्यार्थीहरुमा स्ववियू निर्वाचन हुने÷नहुने एक किसिमको अन्यौलता सिर्जना भएको छ । अझ क्याम्पस प्रमुखको कार्यकक्षमा अज्ञात समूहले गरेको आगजनीबाट विद्यार्थीहरुलाई झन् त्रसित बनाएको छ ।
आइतबार साँझ मात्रै नेविसंघ क्याम्पस इकाई समितिले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी ग¥यो ।
नेविसंघ भित्रैको आन्तरिक विवादका कारण निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएको हो । तालाबन्दीले स्ववियू निर्वाचनमा अन्यौलता सिर्जना गरिदिएको छ ।
यता राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन क्याम्पस इकाई कमिटीले निर्वाचन सार्न माग गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी दर्ता भैसकेको अवस्थामा अप्रत्यासित घटना हुनुले विद्यार्थीहरुलाई हतोत्साही र त्रसित बनाएकाले यस्तो अवस्थामा स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको कल्पना गर्न नसकिने उल्लेख गरिएको छ । निर्वाचनको मिति सार्नुपर्ने र यो मागलाई वेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने सो संगठनले जनाएको छ ।
‘निर्वाचनलाई असर गर्दैन’ आगजनीले स्ववियू निर्वाचनलाई कुनै असर नगर्ने निर्वाचन अधिकृत खगराज पन्तले बताए । ‘हामी स्ववियू निर्वाचन गर्न सक्छौं’ उनले भने ‘आगजनीले स्ववियू निर्वाचनलाई त्यत्ति फरक पारेको छैन ।’
सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । आज (मंगलबार) बिहान बस्ने बैठकले निर्वाचनको मिति सार्ने वा सोही मितिमा गर्ने भन्ने टुंगो लगाउने पन्तले बताएका छन् । उनले तालाबन्दी गरेका संगठनसँग वार्ता भैरहेको बताउँदै वार्ता सफल भएमा स्ववियू निर्वाचन तोकिएकै मितिमा हुन सक्ने उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्