बाँसगढी, १५ फागुन / ऊँ केदारेश्वर धाम ट्रस्टलाई नेपालकै राष्ट्रिय धार्मिक तथा पर्यटकीय स्थलको रुपमा विकास गर्नको लागि बर्दियाको बाँसगढीमा सुरु भएको श्रीमदभागवत धन धाञ्याचल ज्ञान महायज्ञ जारी रहेको छ । संचालित महायज्ञमा दोश्रो दिन शनिबार ५८ हजार नगद रुपैया संकलन भएको छ ।
महायज्ञ सुरु भएको दोश्रो दिनसम्ममा सो रकम संकलन भएको आयोजक समितिले बताएको छ । निर्माणधीन भौतिक संरचना निर्माण हेतु लगायतका उद्देश्य राखेर आयोजना भएको महायज्ञमा सहयोग गर्नेहरुको संख्या बढिरहेको छ ।
संकलन रकम मध्य सबै भन्दा बढी रकम १२ हजार २ सय २१ रुपिया बाँसगढी नगरपालिका वडा नं. ७ निवासी पुण्य प्रसाद पौडेलले दान गरेका छन् । त्यस्तै अघिल्लो पटकमा बोलिएको केहि संकल्प रकम मध्य २४ हजार रकम समेत शनिबार संकलन भएको मूल समारोह समितिले जनाएको छ ।
आयोजक मूल समारोह समितिका संयोजक कृष्ण बास्तोलाले धार्मिक पर्यटकीय स्थलको रुपमा विकासका लागि सक्दो दान गर्न दानबिरहरुलाई समेत आग्रह गरेका छन् । कार्यक्रममा शनिबार कथा श्रवण गर्नेहरुको बाक्लै उपस्थिति रहेको थियो । कथा बाचन गुरु धर्मराज आत्रेयले गरिरहेका छन् । माघ १३ गतेबाट सुरु भएको महायज्ञ २१ गते सम्म सञ्चालन हुनेछ ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३