23 September 2023  |   शनिबार, अशोज ६, २०८०

कोहलपुर, १५ फागुनमाओवादी केन्द्रको नगर अधिवेशन शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३  

कोहलपुर, १५ फागुन / माओवादी केन्द्र कोहलपुर नगर कमिटीको प्रथम नगर अधिवेशन कोहलपुरमा शनिबारदेखि सुरु भएको छ । दुई दिने नगर अधिवेशनको माओवादी केन्द्रका सचिवालय सदस्य तथा युवा नेता कुल प्रसाद के.सी. ‘सोनाम’ ले उद्घाटन गरे ।
अधिवेशनलाई सम्बोधन गर्दै केसीले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन् । उनले निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन आग्रह समेत गरेका
छन् । ‘माओवादी आन्दोलनले हा¥यो भने इतिहासमा नकारात्मक असर पर्छ’ उनले भने ‘त्यसैले निर्वाचनको व्यापक तयारी थाल्नुस् ।’
निर्वाचन हुन नदिन प्रतिक्रियावादी शक्ति लागिरहेको बताउँदै उनले निर्वाचन जसरी पनि हुने उनले उल्लेख गरे । उनले प्रदेश नं. ५ लाई माओवादीको किल्ला बनाउने बताएका छन् ।
अधिवेशनको उद्घाटनका कार्यक्रममा शहिद तथा वेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै प्रेस सेन्टरबाट पत्रकार महासंघ बाँकेमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । उद्घाटन अघि ¥याली समेत निकालिएको
थियो । ¥यालीले कोहलपुर बजार परिक्रमा गरी कार्यक्रम स्थल भेरी शित भण्डारको हलमा पुगेको थियो ।
विभिन्न माओवादी घटकहरुको एकता पछि पहिलो पटक भएको नगर अधिवेशन आज (आइतबार) सम्म चल्ने छ । ‘गाउँ, नगर, घर–घर जाउँ, माओवादी केन्द्रलाई विजयी गराउँ’ भन्ने नाराका साथ सुरु भएको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कोहलपुर नगर कमिटी ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले जानकारी दिए ।
उद्घाटन सत्रमा पूर्व उपसभामुख पूर्णा सुवेदी, सांसद अञ्जना चौधरी, माओवादी केन्द्र बाँके संयोजक आइपी खरेल लगायत उपस्थिति थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     2:08:06 PM  |