15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

सुर्खेतका ९५ प्रतिशत घरमा आयोडिनयुक्त नुन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३  

सुर्खेत १२, फागुन /साल्ट टे«डिङ कर्पोरेशन लिमिटेड सुर्खेतले आयोडिनयूक्त नूनको प्रवद्र्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि अभियान तीव्र पारेको छ । कर्पोरेशनले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गर्दै आयोडिनकोयूक्त नूनको प्रयोग बढाउन जिल्लाका विभिन्न विद्यालयदेखि स्वास्थ्य संस्थाहरुमा अभियान तीव्र पारेको हो ।
कर्पोरेशन सुर्खेत शाखा प्रमुख शिलकुमार पाण्डेले सहशताब्दी विकास लक्ष अनुरुप सन् २०१८ सम्म जिल्लामा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या सतप्रतिशत पु¥याउने प्रयास भईरहेको जनाए । उनले दुई बालबालिका चिन्न अंकित पाकेट नुन सुलभ मुल्यमा बिक्री वितरण तथा जनचेना बढाउन ग्रामीणस्तरसम्म गतिविधि सञ्चालन गरिर्दै आएको बताए । सुर्खेतका ९५ प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको उनले दावी गरे ।
उनका अनुसार एक महिने कार्यक्रममा आयोडिनयूक्त नूनको प्रयोग बढाउन चेतनामूलक सन्देश लेखिएका झोला, स्कूल ब्याग, टी–सर्ट, पम्प्लेट जस्ता सामाग्री वितरण गरिएको छ । जनचेतनामूलक अभियान अन्तर्गत कर्पोरेशनले सूर्यज्योति मावि मेहलकुना, नेरा आधारभूत विद्यालय धारापानी, नेरा प्रावि छिन्चु र सरस्वती निमावि उत्तरगंगामा अन्तरक्रिया तथा टी–सर्ट, पर्चा, पम्प्लेट, व्यानर वितरण गरेको छ ।
कर्पोरेशनले यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगायतमा अन्तरक्रियासँगै जनचेतनामुलक सामाग्री वितरण गरेको थियो । जिल्लामा आयोडिन मन्थको उद्देश्यलाई सफल बनाउन अहिले कर्पोरेशनका अञ्चल प्रमुख मनोजकुमार चौधरी, सुर्खेत शाखा प्रमुख पाण्डे, लेखाप्रमुख नवराज अर्कोलियाले अभियान सञ्चालन गरिरहेको प्रमुख सहायक मुनिदत्त पाण्डेले बताए । उनले फेब्रुअरी महिनाभरी गरिएको जनचेतना अभियानबाट आयोडिनको कमीबाट हुने विकृति निवारणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार नेपालमा सन् १९९८ देखि हरेक फेब्रअरी महिनालाई आयोडिन मन्थको रुपमा घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि सञ्चालन गरिदै आएको छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     1:10:25 PM  |