19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

गजुरेलले हसाए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३  

कोहलपुर, १२ फागुन /कोहलपुरमा जारी महोत्सवमा बुधबार हाँस्य कलाकार मनोज गजुरेलले हसाए । राजनैतिक सामाजिक विषयवस्तुहरुलाई उठान गर्दै व्यंग्य गरेपछि दर्शकले तालीले हुटिङ्ग गरेका थिए । उनले देशको वर्तमान अवस्थालाई राजनतिक रुपमा समाधान गर्नु पर्ने कुरालाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरेका थिए । साथै उनले सबै नेपाली–नेपाली बीच एकता हुनुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै, कृष्ण काफ्ले, सपना शाही परियारले दर्शक नचाए । महोत्सव यहि फागुन १६ गतेसम्म चल्ने छ । युवाहरुको आह्वान आगुन्तुक पर्यटकहरुलाई सम्मान, सम्वृद्व बाँके जिल्लाको आधार कृषि पर्यटन र व्यापार भन्ने मुल नाराका साथ कोहलपुरमा सञ्चालन भएको कोहलपुर महोत्सव एवम् पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलामा साँस्कृतिक आर्कषक लोकदोहोरी भएकोले प्रत्येक दिन दोहोरी चलिरहेको कला तथा साँस्कृतिक संयोजक धुव्र आचार्यले जनाए । आज (बिहीबार) मेलामा गायक स्वरुपराज आचार्य, शिशिर योगी, चन्दा अर्याल, राजेन्द्र बजगाईको उपस्थिति रहने आयोजकको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन १२, २०७३     1:01:48 PM  |