27 February 2021  |   शनिबार, फाल्गुन १५, २०७७

सीप सिकेर आत्मनिर्भर बन्दैछन् महिला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३  

सुर्खेत, ५ फागुन / तालिममा सहभागि धेरै मध्य पसल व्यवसाय गरेर घर खर्च चलाउने एक महिला हुन् खगीसरा गाहा । दशरथपुर वडा नं. ७ घर भएकी खगीसरा घर परिवार लगायत श्रीमान्बाट पिडित महिला हुन् । उनले संयोग बस सिकाई कटाई तालिम लिन पाएको र लिएको तालिम भरपुर व्यवहारमा उतारेको बताउँछिन् ।
अहिले पसलनै बनेको आफ्नो दैनिकी खर्च चलाउने माध्यम भएको छ । खगीसरा निकै सास्ती खेप्ने महिलाहरु मध्ये एक हुन् । नमूना महिला सञ्जालले सञ्चालन गरेको उक्त सिलाई कटाई तालिम आफ्ना लागि ठुलो गुन भएको बताइन् ।

खगिसराले तालिममा सामान्य कुर्ता, सुरुवाल काट्न र सिलाउन मात्र सिकेको बताइन् । ‘सिकेको तालिमबाट गाउँ घरका फाटेका लत्ता, कपडा सिलाउने थोरै–थोरै रुपैयाँ दिने गरेकोले मलाई अरु तालिम लिने इच्छा भयो’ उनले भनिन् । तीन महिनाको तालिम आफुलाई अझ अपुग भएर आफ्नै लगानीमा डिजाईन सिक्न र काट्न थप तीन महिनाको तालिम सिकेको उनले बताइन । डिजाइन सिकेर थप कपडा डिजाईन गर्न र सिलाउन सहज भएको उनको भनाई छ ।
यसरी प्राप्त गरेको सीपलाई खेर जान नदिन तीन जनाले पसल खोलेर बस्ने सल्लाह गरे । उक्त योजना गरी दशरथपुर–५ बजारमा साझा दिदीबहिनी टेलर्स सञ्चालनमा ल्याइएको छ । आफ्नै लगानीमा ६ वटा मेसिन किनेर पसल खोलेको खगीसराले बताइन् ।
पसलमा कोहि सिक्न इच्छा भएका दिदिवहिनीहरुलाई पनि सिकाउने सोँच राखेर ६ वटा मसिन खरिद गरेको उनको भनाई छ । ‘पसलमा आजभोलि कपडा थुप्रै आउछन् सिलाउन भ्याई नभ्याई हुन्छ’ – खगीसराले भनिन् ।
दिनमा कम भनेको एक जनाको ४, ५ सय कमाई हुने गरेको छ । छोराछोरीहरुलाई पढाउन घर खर्च नुन, तेल र लत्ता कपडा किन्न सजिलो भएको छ । घर परिवारको भरपर्नु पर्दैन आजभोलि यो तालिम लिएर पसल खोलेपछि सहकारी संस्थामा पसलको नाममा दैनिक एक सय रुपैयाँ बचत गर्ने गरेको बताइएको छ ।
तालिम सिकेर पेशा व्यवसाय गरेर आयआर्जन गर्ने मध्य अर्की हुन् गीता खत्री । गीताको दशरथपुर वडा नं. ५ मा घर रहेको छ । गीताले पहिले आफुलाई आवश्यक पर्ने घर खर्च, छोराछोरीको पढाई खर्च समेत श्रीमान्को भर पर्ने गरेको बताईन् । आफु पहिले घरमा खालि बस्ने अन्य कुनैपनि काम नहुने
बताइन् । सिलाई कटाई तालिम सिकेर अहिले पसल सञ्चालन गरेर आफ्नो दैनिकी लगायतका खर्चहरु टार्न सहज भएको गीताको भनाई छ ।
दैनिक एकजनाले २ जोरसम्म सिलाउने गरेको बताउँदै उनले घरको काम सकाएर पसलमा गएपनि महिनामा १२ देखि १५ हजारसम्म आम्दानी हुने गरेको
छ ।’ अहिले श्रीमान्को भर पर्नु पर्दैन आफ्नै व्यवसायले छोराछोरीको विद्यालयको शुल्क, ट्युशन शुल्क, डे«सहरु पसलबाटै खर्च गर्ने गरेको बताइन् ।
नमूना महिला सञ्जाल दशरथपुरले विगतको ६ बर्षयता विभिन्न सीपमुलक तालिम सञ्चालन गर्दै आएको छ । गाविसमा आएको महिलाहरुको लक्षित वर्गको रकमबाट तालिम सञ्चालन गर्दै आएको सञ्जालकी अध्यक्ष खगीसरा आचार्यले बताइन् । गाउँमा पीडित महिला, हेपिएका, हिंसामा परेका विभिन्न स्तरका महिलाहरुलाई चेतना फैलाउने काम सञ्जालले गरेको छ ।
गाउँका पीडित महिलाहरु आत्मनिर्भर बन्न सहयोग गर्ने उद्देश्यले आयआर्जनमुलक तालिम आयोजना गर्दै आएको अध्यक्ष आर्चायले बताईन् ।
सञ्जालले प्रत्येक वडामा भेला गराएर स्वयंम उनीहरुले नै तालिममा सहभागि गराउने गरेको उनको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     12:43:51 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *