2 March 2021  |   मङ्लबार, फाल्गुन १८, २०७७

अवैध कुखुरा र चल्ला नष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३  

बाँसगढी, ५ फागुन / बर्दियाको बाँसगढीमा २ लाख मुल्य बराबरका १७ सय बढी अबैध कुखुरा र चल्ला नष्ट गरिएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले १७ सय अबैध कुखुराका चल्ला र ५० ओटा अबैध बोईलर कुखुरा बरामद गरी बुधबार नष्ट गरेको हो ।
१ लाख ७० हजार ५ सय बराबरको १७ सय कुखुराका चल्ला र २५ हजार मुल्य बराबरका ५० ओटा बोईलर कुखुरा पशु सेवा कार्यालय बाँसगढीका प्रमुख ठाकुरदयाल शाह, स्थानीय राजनितिक दलका प्रतिनिधी, समाजसेबी, बुदिजिबी सञ्चारकर्मी लगायतको रोहवरमा कुखुरा नष्ट गरिएको हो ।
अवैध १७ सय कुखुुराका चल्ला ककौराबाट र बोईलर कुखुरा बाँसगढीबाट बरामद गरिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीका प्रमुख प्रहरी निरिक्षक चक्रबहादुर डम्बर पालले बताए ।

प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३     12:19:14 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *