कोहलपुर, ५ फागुन / नेकपा माओवादी केन्द्रले कोहलपुर नगरपालिका अन्तरगत संयुक्त वडा सम्मेलनलाई जारी राखेको छ । मंगलबार १, ३, ४, ६, १० र १२ नम्बरको वडा सम्मेलन गरेको माओवादीले बुधबार वडा नं. ५, ११ र १३ को वडा सम्मेलन सम्पन्न गरेको छ ।
जसअन्तर्गत ५ नं. वडामा तिलक कार्कीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । त्यसैगरी ११ नं. वडामा रेशम सापकोटाको अध्यक्षतामा २५ सदस्यीय र १३ नं. वडामा गगन सिङ रानाको अध्यक्षतामा २५ सदस्यीय वडा समिति गठन गरिएको छ ।
सम्मेलनमा विभिन्न पार्टि परित्याग गरी दर्जन बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यसैबीच १० वर्षे द्वन्द्वकालका सहिद तथा घाइते परिवारलाई एक कार्यक्रमका बीच अभिनन्दन गरिएको छ । कोहलपुर नगर कमिटिले सहिद स्मृती भवनमा उनिहरुलाई अभिनन्दन गरेको
हो । साथै बिरामी पवित्रा खत्रीलाई उपचार सहयोग स्वरुप ६ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको वडा नं. १३ का सचिव प्रेमबहादुर खत्रीले जानकारी दिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, फाल्गुन ५, २०७३