20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मसला प्रशोधन केन्द्र स्थापना हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७३  

बाँसगढी, ४ फागुन / मसला प्रशोधन तथा बजारिकरण उपआयोजना बाँसगढीको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नेपाल सरकारको साना तथा मझौला कृषक आयस्तर बृद्धि तथा आयोजना पुरक अनुदान सहयोगमा सञ्चालित उपआयोजनाको सार्वजनिक सुनुवाई क्षितिज मसला उद्योग बाँसगढीको आयोजना र कमासु दिगो विकास समाज गुलरिया बर्दियाको सहजिकरणमा भएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपआयोजनाका व्यवस्थापक होमनाथ अधिकारले उपआयोजनाको भौतिक पुर्बाधार, अन्तनिहित संस्था तथा समूहलाई सामाग्री तथा बिउ बिजन बितरण, तालिम, पार्दशिता र प्रर्बधनात्मक खर्च गरी अहिले सम्म ५९ लाख ७ हजार ३८ कुल खर्च भएको जानकारी दिएका थिए । जसमा अनुदान प्राप्त रकम ३० लाख ४६ हजार ७ सय ९४ र उद्यागको सो लगानी २८ लाख ६० हजार २ सय ४४ रहेको छ । आधुनिक प्रविधि प्रयोगगरी गुणस्तरीय मसाला उत्पादन,मसला बालीमा संलग्न कृषकहरुको सख्यात्मक बृद्घिगरी मसला बालीको उत्पादन र विक्रि सुनिश्चित गरेर कृषकहरुको आयस्तरमा बृद्धि गर्ने उदेश्यले उपआयोजना सञ्चालन गर्न लागिएको जनाइएको छ ।
मसला प्रशोधन तथा बजारीकरण उपआयोजना बाँसगढीका व्यबस्थापक होमनाथ अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बासगढी उद्योग बाणिज्य संघ बाँसगढीका उपाध्यक्ष रामसिंह थारु, उपआयोजनाका जिल्ला अनुगमन अधिकृत रचना ढकाल कमासु दिगो विकासका समाजपरिचालिका सुलोचना राजवंशी, उपआयोजनाले गठन गरेका ५ ओटा कृषक समुहका अध्यक्ष तथा प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन फणेन्द्र प्रसाद ढुंगानाले गरेका थिए भने स्वागत मन्तव्य उपआयोजनाका सल्लाहाकार बिपिन पौडेलले राखेका थिए ।

प्रकाशित मितिः बुधबार, फाल्गुन ४, २०७३     11:41:23 AM  |