23 September 2021  |   बिहिबार, अशोज ७, २०७८

क्रान्तिकारीद्वारा सभापतिका उम्मेदवार घोषणा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३  

कोहलपुर, ३ फागुन / यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सुर्खेत क्याम्पस (शिक्षा) मा अखिल (क्रान्तिकारी) ले सभापतिका उम्मेदवार घोषणा गरेको छ । क्रान्तिकारीका तर्फबाट संगठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष महेश जिसीलाई सभापतिको उम्मेदवार घोषणा गरिएको केन्द्रीय सचिव खेमबहादुर सिंहले जानकारी
दिए ।
मटेला निवासी जिसी सुर्खेत क्याम्पस (शिक्षा) का राजनीति शास्त्रका बिएडमा अध्ययनरत विद्यार्थी हुन् ।  यस्तै क्रान्तिकारीले पूर्वी सुर्खेतको गुमीमा रहेको भेरी शिक्षा क्याम्पसमा पनि सभापतिका लागि उम्मेदवारको घोषणा गरेको छ । भेरी शिक्षा क्याम्पसमा क्रान्तिकारीले सभपातिका लागि रिक कुमार विकलाई सभापतिको उम्मेदवार घोषणा गरेको छ । नेपाल विद्यार्थी संघले सुर्खेत क्याम्पस शिक्षामा सभापतिका उम्मेदवार घोषणा नगरेको भएपनि राजकुमार सिजापति नै उम्मेदवार हुने पक्का जस्तै भएको स्रोतको भनाई छ । अखिलमा भने उम्मेदवार को हुने भन्ने टुङगो लागिसकेको छैन ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन ३, २०७३     12:04:30 PM  |