2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

चाइनिज पेस्तोल सहित पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३  

कोहलपुर, २५ माघ/ भारतबाट नेपाल भित्र्याइदै गरेको चाइनिज पेस्तोल सहित १ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालीका वार्ड नं. ८ का सद्धाम पठानलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष ब्युरोको टोलीले नेपाल भारतको सीमा क्षेत्र जमुनाहा बाट १ थान पेस्तोल र पेस्तोलमा लाग्ने ३ थान गोली सहित पठानलाई पक्राउ गरेको हो ।
पठानको साथबाट २ पुरीया ब्राउनसुगर स
मेत बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक बिर बहादुर थापाले जानकारी दिए । सीमा क्षेत्रको अपराध न्युनिकरणका लागी नियमित चेकजाँचको क्रममा गोली सहितको हतियार फेला परेको थापाले जानकारी दिए ।
पछिल्ला दिनहरुमा भारतबाट नेपाल तर्फ हतियार सप्लाई गर्ने गिरोह रहेको सूचनाहरु आइरहेको जानकारी गराउँदै थापाले त्यसलाई निस्तेज पार्नका लागी प्रहरी लागीपरेको जानकारी
दिए । उनले
भारतबाट हतियार भित्राएर नेपालमा अपराधिक गतिबिधी हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै सिमा क्षेत्रमा कडा सुरक्षा चेकजाँच गरिएको प्रहरीले जनाएको छ । भारतमा विधान सभा निर्वाचन नजिकिँदै जाँदा हतियार फेला पर्नुलाई प्रहरीले गम्भीरताका साथ लिएको जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     12:29:03 PM  |