26 September 2021  |   आइतवार, अशोज १०, २०७८

दुई हप्ता सम्म पनि बालक भेटिएनन् , फेला पार्नेलाई एक लाख पुरस्कार दिइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस १६, २०७३  

बाँके चिसापानी ५ करेलीका ८ वर्षिय दिपेन्द्र बुढा हराएको दुई हप्ता भन्दा बढी भइसक्दा पनि फेला परेका छैनन् । गत मंसिर २८ गते बिहान घर नजिकको जंगलबाट हराएका उनी हालसम्म पनि फेला नपरेका हुन् ।
विभिन्न ठाउँमा खोजतलास गर्दा पनि फेला पार्न नसकिएको उनकी आमा लक्ष्मी बुढाले बताइन् । जंगलमा प्रहरी, गाउँले, आफन्तहरु गएर खोजतलास गर्दा पनि फेला नपरेको उनको भनाई छ ।

ffff
भेट्टाउनेलाई एकलाख पुरस्कार दिइने
गहुँगोरो वर्णको उचाई अन्दाजी ३ फुट, कपाल छोटो, निलो चप्पल निलो ज्याकेट र कालो ट्रयाक लगाएको अवस्थामा हराएका बालक भेट्टाउनेलाई रु. एक लाख पुरस्कर दिइने भएको छ ।
फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा सम्पर्क नम्बर ९८४८१८३६५०, ९८०९८९०५३८ मा सम्पर्क गरिदिन बालककी आमा बुढाले आग्रह गरेकी छन् ।aaadd

प्रकाशित मितिः शनिबार, पुस १६, २०७३     4:48:02 PM  |