18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

मध्यपश्चिम जनसेवा यातायातमा पुनः खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३  

कोहलपुर, असोज ८
मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.को अध्यक्षमा पुनः विश्वराज खनाल चयन भएका छन् । शुक्रबार ढकेरीमा भएको प्रथम अधिवेशनबाट खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । जसको उपाध्यक्षद्वय धनबहादुर पौडेल र गिरीधारी शर्मा रहेका छन् । त्यस्तै महासचिवमा दिपेन्द्र श्रेष्ठ, सचिवद्वय प्रेमबहादुर थापामगर, टिकाराम उपाध्यक्ष, कोषाध्यक्ष मुन्नचन्द घले र सहकोषाध्यक्ष रुक्मणी शाही रहेका छन् । सदस्यहरु नारायण प्रसाद शर्मा, देवीलाल थापा, डिल्लीसरा राना, जयबहादुर बस्नेत र बमबहादुर चलाउने रहेका छन् ।

img_2136
यसअघि भएको उद्घाटन सत्रमा कोहलपुर नगरविकास समितिका अध्यक्ष लक्ष्मणराज पौडेलले कानुन बमोजिम अटो रिक्सा संचालनमा ल्याउनु पर्ने बताए । ‘कानून अनुसारको प्रक्रिया पुरा गरी सञ्चालनमा ल्याउनुहोस्’ प्रमुख अतिथि उनले भने ‘अटो रिक्साहरुले स्वच्छ प्रतिस्पर्धा गर्नु पर्छ ।’ यस्तै मध्यपश्चिम क्षेत्रिय ट्राफिक कार्यालय कोहलपुरका प्रमुख कमल प्रसाद खरेलले अटो रिक्सा र ई–रिक्साहरुले ट्राफिल नियमलाई पालन गरी व्यवस्थित रुपमा संचालन ल्याउनु पर्ने बताए ।  कोहलपुर उद्योग व्यापार संघका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले राज्यले अटो रिक्सा व्यवसायीहरुको हक र हितका पक्षमा नीति निर्माण गरिनु पर्ने बताए ।
मध्यपश्चिम जनसेवा यातायात प्रा.लि.को अध्यक्ष विश्वराज खनालको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन प्रा.लि.का सचिव दीपेन्द्र श्रेष्ठले गरेका थिए भने कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, बुद्धिजिवी, विभिन्न संघसंस्था प्रतिनिधि, व्यवसायी, चालक, मजदुर लगायतलको उपस्थिति थियो ।

प्रकाशित मितिः शनिबार, अशोज ८, २०७३     11:03:39 AM  |