मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३
कोहलपुर, भदौ २९
बाँकेको कोहलपुरमा अवैध बाघको छाला सहित तीन जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । सल्यान जिमाली–२ का १९ वर्षका गणेश बि.क., सोहि ठाउँका २९ वर्षका कृष्ण बहादुर रावत र बाँके नेपालगञ्ज–७ का १७ वर्षका विष्णु रोकायलाई अवैध बाघाको छाला सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अबैध बाघ छाला थान–१ बझाङ देखि ल्याउँदै गरेको अवस्थामा कोहलपुरबाट पक्राउ गरी आवश्यक अनुसन्धन जिल्ला वन कार्यालय बाँकेमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।