मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २९, २०७३
कोहलपुर, भदौ २९
कोहलपुरका प्रथम पे्रस संचालक एवम् न्यू भेरी अफसेट प्रेसका संचालक योगेन्द्र ढकाल ‘दिपक’को निधन भएको छ । सोमबार (२७ गते) टाउको दुखेर उपचाकार लागि भेरी अञ्चल अस्पताल लगेको परिवार स्रोतले बताएको छ । उनको मंगलबार (२८ गते) बिहान करिब २ बजे भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष तपेन्द्र विक्रम शाही तथा संस्थापक अध्यक्ष दुर्गा प्रसाद भण्डारीले उनको प्राथृक शरीरमा मुद्रण संघको झण्डा ओडाएर अन्तिम श्रद्वाञ्जली दिइएको थियो । साथै उनी नेपाल मुद्रण उद्योग संघ बाँकेका सदस्य तथा संस्थापक सदस्य समेत हुन् । उनका श्रीमति, ११ वर्षका एक छोरा र पाँच वर्षकी एक छोरी रहेका छन् । कोहलपुर क्षेत्रका विभिन्न सहकारीका संचालक, समाजिक कार्यमा सक्रिय थिए ।