कोहलपुर, भदो १६
बाँकेको कोहलपुरमा कोहलपुर सहकारी संञ्जालले हरितालिका तीज विशेष कार्यक्रममा सम्पन्न गरेको छ । सञ्जालमा यस क्षेत्रका २९ वटा सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
कार्यक्रममा बोल्दै बाँके जिल्ला सहकारी संस्थाका अध्यक्ष प्रेम प्रसाद सुवेदीले समाजका विकृति र विसंतिहरुलाई अन्त्यगरी शान्तिपूर्ण समाज निर्माण गर्नका लागि सहकारीले यस्ता कार्यक्रमहरु गर्दै जानु पर्ने बताए । ‘विभिन्न चार्ड पर्वका नाममा समाजमा विकृति फैलिएका छन्’ उनले भने ‘यस्ता समाजका विकृतिहरुलाई अन्त्य गरी सभ्य समाज निर्माण गर्न सहकारी संस्थाको प्रमुख भूमिका हुनुपर्छ ।’ तीजका नाममा आजभोलि समाजलाई भड्काउने गिताहरु बजारमा आएको भन्दै यस्ता समाज अनुसारका गितहरुलाई अन्त्य गर्नका लागि सहकारी संस्था जिम्मेवार हुनु पर्ने बताए ।कार्यक्रममा बोल्दै कोहलपुर उद्योग व्यपार संघ कोहलपुरका अध्यक्ष नरेन्द्र प्रसाद शर्माले तीजको प्ररम्परागत शैलि बद्लिएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समयमा तीजका गितको नाममा विभिन्न प्रकार विकृतिहरु आएको भन्दै कोहलपुर सहकारी सञ्जालले तिजलाई तीजकै रुपमा मनाउनु पर्ने बताए । कार्यक्रममा बोल्दै मिना सिग्दलले सकारात्मक सोचका साथ समग्र परिवर्तनका लागि सहकारी संस्थाले यस्ता कार्यक्रम गर्दै जानु पर्ने बताइन् ।
आधुनिक तीजका गितहरुमा नभएर पुराना मौलिक शैलिका गितहरु प्रस्तुत गरी कोहलपुर सहकारी सञ्जालले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर सहकारी संस्थाका अध्यक्ष लिलाधर पाण्डेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोहलपुर क्षेत्रका सहकारीमा आवद्ध व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३