मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३
कोहलपुर, भदौ १३
नेपालगन्जमा एउटा वेवारिशे शव फेला परेको छ । आइतबार बेलुकी करिब साढे ५ बजेको समयमा नेपालगन्जको सुर्खेत रोड स्थित त्रिशुली फर्मास्यूटीकल्स् प्रा लिको अगाडि करिब ४० वर्षीय पुरुषको शव फेला परेको हो । कालो वर्णको मधेसी मुलको देखिने पेन्ट मात्रै लगाएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बेवारिसे शवको अगाडी फोहोर बटुल्ने बोरा भेटिएको छ । शवको पहिचान भने हुन नसकेको बाँके प्रहरीले जनाएको छ ।