मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ १३, २०७३
कोहलपुर, भदौ १३
कोहलपुर स्थित कोहलपुर मोडेल कलेज परिसर भित्र ब्यानर च्यात्ने तथा ताला तोडफोडको प्रयासको अनेरास्ववियूले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता अनौतिक तथा शैक्षिक वातावरण खलबल्याउने किसिमको कार्यको घोर भत्र्सना समेत गरेको छ । क्षेत्रिय कमिटी अध्यक्ष सुमन घिमिरे र क्याम्पस कमिटी अध्यक्ष अर्पण भुषालले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक वातावरण खलबल्याउने कार्यमा संलग्न जो कोहीलाई पनि कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ ।