कोहलपुर, भदौ १२
कोहलपुर बागिना कला केन्द्रले वृहत्त तीज विशेष कार्यक्रम एकल नृत्य प्रतियोगिता गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै यही भाद्र १८ गते कोहलपुरमा वृहत्त तीज विशेष कार्यक्रमको आयोजना गरी एकल नृत्य प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।
कोहलपुर न्यूरोडमा हुने कार्यक्रममा विभिन्न विद्यालय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने कोहलपुर बागिना कला केन्द्रका अध्यक्ष गणेश विष्टले बताए । साथै कोहलपुर क्षेत्रबाट राष्ट्रिय स्तरमा पुगेका कलाकारलाई सम्मान गरिने र कलाकारहरुको प्रस्तुति समेत रहेको उनले बताए ।
कोहलपुर क्षेत्रमा लुकेर रहेका प्रतिभाहरु बाहिर ल्याउनका लागि तीज गीत प्रतियोगिता गर्न लागिएको उनले बताए । वर्तमान समयमा विभिन्न पर्वका नाममा विकृती बढ्दै गएको भन्दै कोहलपुर बागिना कला केन्द्रले तीज गित मार्फत जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागेको उनको भनाई छ । उक्त एकल नृत्य प्रतियोगीतामा प्रथम हुनेलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीय हुनेलाई दुई हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
एकल तीज गित प्रतियोगितामा सहभागि जनाउने कलाकारले तीजको गित आफै छनोट गरेर ल्याउनु पर्ने आयोजकले जनाएको छ ।