8 September 2024  |   आइतवार, भदौ २३, २०८१

महिलामाथि तातोपानी खनाएर हत्या प्रयास

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३  

तिलक गाउँले
नेपालगञ्ज, साउन ३०
केही दिन अघि दाइजो नल्याएको भन्दै मरणासन्न हुने गरी आफ्नै परिवारद्वारा बाँकेमा एक महिला माथि कुटपिट भएको घटना सेलाउन नपाउँदै पुन अर्की महिला माथि तातोपानी खन्याइएको छ । नेपालगन्ज उपमहानगरपालीका वडा नम्बर १६ कोरियनपुर निवासी २५ बर्षिय लिला कुमारी वलीलाई उनका छिमेकीले तातोपानी खनाइ घाइते बनाएका हुन् ।
शुक्रबार बेलुकी सामान्य विवादको विषयमा छिमेकी ४५ बर्षिया तबसुङ ढपाली र उनकी छोरी रिना ढपालीले तातो पानी खन्याइ हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । छिमेकी तबसुङ र उनकी छोरी रिनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ । तातो पानीबाट घाइते भएकी वलीको नेपालगन्ज मेडिकल कलेजमा सामान्य उपचार पश्चात भेरी अञ्चल अस्पताल नेपालगन्जमा रिफर गरिएको छ । अहिले उनको नेपालगन्ज स्थित भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ । तातो पानीले उनको शरीरको २५ प्रतिशत भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्थानियहरुका अनुसार तबसुङको र वलीको परिवार बीच पटक पटक बिबाद हँुदै आएको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एस पि टेक प्रसाद राइले जानकारी दिए । घाइते लिलाले कोरियनपुरमा व्यवसाय गर्दै आएकी ओली र तबसुमका परिवारबीच पटक–पटक विवाद हुँदै आएको स्थानीय बासिन्दाले जनाएका छन् । घटनापछि तबसुम सहित २ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले जानकारी दिए । घटनामा अन्य व्यक्तिको पनि सग्लनता हुन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी राईले बताए ।

प्रकाशित मितिः आइतवार, साउन ३०, २०७३     12:31:13 PM  |