19 September 2021  |   आइतवार, अशोज ३, २०७८

इलाका प्रशासनको परिचयात्मक कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ८, २०७३  

कोहलपुर, साउन ८
इलाका प्रशासन कार्यालय कोहलपुरले यस क्षेत्रका सरकारी कार्यालयका प्रमुखहरुसँग शुक्रबार परिचयात्मक कार्यक्रम गरेको छ । यस क्षेत्रका सरकारी कार्यालयहरुले गरिरहेको सेवा प्रवाह र इलाका प्रशासनसँग समन्वयका विषयमा कार्यक्रम केन्द्रित भएको इलाका प्रशासन कार्यलयका प्रशासकीय अधिकृत दत्तराज हमालले बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सरकारी कार्यालयका कुनै पनि काम तथा समस्याहरुलाई जानकारी गराउनका लागि नेपालगञ्ज नै जानुपर्ने बाध्यतालाई हटाउँदै इलाका प्रशासन कार्यालय मार्फत पनि काम गर्न सुझाव दिएका छन् । कार्यक्रममा कोहलपुर क्षेत्रका सम्पूर्ण सरकारी कार्यलयका प्रमुख, गाविसका सचिवहरुलगायतको सहभागिता थियो ।

प्रकाशित मितिः शनिबार, साउन ८, २०७३     9:12:57 AM  |