मध्यपश्चिमकै प्रमुख केन्द्र तथा बाँकेकै सुन्दर नगरी कोहलपुरमा अवस्थित गोलपार्कको एकवर्ष पहिले कोहलपुर नगरविकासले निर्माण शुरु गर्दा कोहलपुरवासी मात्रै नभई सम्पूर्ण मध्यपश्चिमवासीका लागि आशाको केन्द्र विन्दु बनेको थियो । गोलपार्क निर्माणले औद्योगिक शहरका साथै पर्यटकीय स्थलका रुपमा चिनारी बनेको थियो । तर, हालसम्म पनि गोलपार्क निर्माणाधिन अवस्थामा रहेको छ । सरकारी तथा गैर सरकारी निकायका साथै कोहलपुरवासी, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजीवी तथा नागरिक समाजले समेत चासो देखाएको पाइदैन । जसका कारण कोहलपुर शहरको सुन्दरता र आकर्षण पर्यटकीय स्थलका रुपमा चिनाउनुको साटो हाल सम्पूर्ण पक्षको उदासिनताका कारण फोहोर थुपारिँदैछ । यसको व्यवस्थापनका लागि हामी सबै कोहलपुरवासी सचेत व्यक्तित्वको दायित्व होइन र ? त्यसकारण हामी सबै उद्योगी, व्यापारी, बुद्धिजिवी, समाजसेवी र नागरिक समाजले समेत यस प्रति जागरुकता देखाउन जरुरी छ । गोलपार्क निर्माणपछि यस क्षेत्रको ढुकढुकी बन्ने निश्चित छ । अधुरा कार्यलाई पूरा गर्नु हामी सबैको दायित्व हो । अतः यस सुन्दर नगरी कोहलपुरलाई सुन्दरता थप्न हामी लाचार भएर बस्नु हुँदैन । हामीले प्राप्त गरेको उपलब्धिको रक्ष, दिगो विकास र सदुपयोग नगर्दा बाँदरको हातमा नरिवल जस्तै भएको छ । त्यसैले हामी सबै कोहलपुरवासीले गोलपार्क प्रति ध्यानाकर्षण गर्न जरुरी छ ।
– श्रवणकुमार शर्मा
कोहलपुर ११, न्युरोड गोलपार्क
प्रकाशित मिति : २०७३ जेठ २७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्