रावन विश्वकर्मा
बर्दिया, जेठ ६
बर्दिया बाँसगढीको लक्ष्मणपुर गाउँमा महिलाहरुलाई बुधबार बंगुर पालन सम्बन्धी तालिम दिईएको छ ।
गाँउका महिलाहरुलाई बंगुरपालान सम्बन्धी आधारभूत जानकारी गराउने उदेश्यले पशुसेवा केन्द्र बाँसगढीको आयोजनामा भएको तालिममा बेलटाँरी महिला बंगुर पालन समुहलाई बंगुर पालन गर्दा आउन सक्ने समस्या र त्यसको समाधानको बिषयमा जानकारी गराईएको थियो ।
पशु सेवा केन्द्र बाँसगढीका प्रमुख ठाकुर दयाल शाहले बंगुरलाई ३÷३ महिनामा जुकाको औषधी खुवाउन सल्लाह दिदै यस क्षेत्रका लागि बंगुरका जात ल्यान्द्र, मेसन, डिउरो, योर सायर, हेम्प सायर, पाख्रीबास राम्रो हुने बताए ।
पशुसेवा केन्द्रद्धारा गठिन बेलटाँरी महिलाबंगुर पालन समुहमा २० जना सदस्य रहेकोमा सबै सदस्यहरुले आफ्नो घरमा बंगुरपालन गरी रहेका छन् ।
त्यस्तै सोही गाउँमा थारु हस्तकला सम्बन्धी १५ दिने तालिम
बुधबार देखि नै शुरु भएको छ । तालीममा स्थानीय स्तरमा पाईने बस्तुको हस्तकलाद्धारा निमार्ण गरीएका टिम्याट, पेनदानी, फुलदानी, पुजादानी पानी छोप्ने भाँडो बिक्री गरेर आय आर्जन गर्ने उद्देश्यले तालीमको आयोजना गरीएको हो । तालीममा थारु समुदायका करिब २२ जना महिलाहरुको सहभागिता रहेको छ । नेपाल आदीबासी जनजाति राष्ट्रिय उत्थान प्रतिस्थानको आर्थिक सहयोगमा प्राचिन सृर्जनशिल आदिबासी समाज बर्दियाको आयोजनामा तालिम शुरु भएको हो ।
प्रकाशित मिति : २०७३ जेठ ६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्