21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

“रारा” अब कोहलपुरमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १, २०७३  

कोहलपुर, जेष्ठ १,

रारा विजय बहुउद्धेश्यिय सहकारी संस्था लि. को प्रधान कार्यालय कोहलपुरमा संचालनमा आएको छ । जिल्ला डिभिजन कार्यालय बा“केका सहकारी प्रशिक्षक धन प्रसाद धितालले एक कार्यक्रमका बिच शनिबार कार्यालयको उद्घाटन गरेका हुन । बिगत लामो समयदेखी सामाजिक तथा आर्थिक क्षेत्रमा सक्रिय रह“दै आएको सहकारीले आप्mनो कार्यक्षेत्र समेट्ने क्रममा ब्यवस्थित तवरले कोहलपुरको मुटु न्यूरोडमा कार्यालय संचालनमा ल्याएको हो ।
आप्mनो आठौं वार्षिक उत्सवको अवसरमा संचालनमा आएको नया“ कार्यालयबाट बचत संकलन, ऋण लगानीका अलावा विभिन्न रचनात्मक तथा सामाजिक चासोका कार्यक्रम तथा गतिविधिहरु संचालनमा ल्याईने सहकारीले जनाएको छ ।
कार्यालय उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा डिभिजन कार्यालय बा“केका सहकारी प्रशिक्षक धन प्रसाद धितालले सहकारी संस्थाहरु धरासायी बन्दै गईरहेको पछिल्लो समयमा समेत युवाहरुको ब्यवस्थापनमा रारा विजय सहकारीले नया“ योजनाका साथ कार्यलय संचालनमा ल्याउनु खुसीको कुरा भएको बताए । उनले सहकारीको विश्वसनियता घट्दै गएको प्रति चिन्ता समेत ब्यक्त गरेका थिए । केही खराब ब्यक्तिका कारण सिङ्गो सहकारी क्षेत्र नै बदनाम भएको उल्लेख गदै धितालले यस सहकारीले त्यस्तो भ्रम चिर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ बा“केका अध्यक्ष प्रेम सुवेदीले अनुभवी तथा शिक्षित युवाहरुले सहकारी संचालयमा ल्याएको प्रति खुसी ब्यक्त गरेका थिए । सहकारीप्रति जनचासो घट्दै गएको परिवेशमा समेत स्थानिय युवाहरुले सहकारी मार्फत सामाजिक क्षेत्रमा कदम चलाउनु श्रहानिय कुरा भएको सुवेदीले बताए । उनले स्थानिय स्तरमा भिजेका तथा प्रतिष्ठित ब्यक्तिहरुको ब्यवस्थापनमा संचालनमा आएको सहकारीले सहुलियत ढंगबाट कर्जा प्रवाह गरेको भन्दै निम्नवर्गका बचतकर्ता तथा ब्यापारीहरुको लागि लाभदायक हुने विश्वास समेत ब्यक्त गरे ।
कार्यक्रममा ईलेक्ट्रोनिक्स ब्यवसायी संघका अध्यक्ष दिपक भण्डारीले आफुजस्ता थुप्रै ब्यापारीहरुको भरोषाको केन्द्रको रुपमा सहकारी अगाडी बढ्ने जिकिर गरे । उनले सहज रुपमा कर्जा प्रवाहमा सहकारीले विशेष ध्यान दिनुपर्ने सुझाव दिदै आयमुलक तथा युवाहरुको ब्यक्तित्व विकासमा समेत सहकारीले रचनात्मक भुमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
आप्mना आगामी रणनितिको बारेमा स्पष्ट पार्ने क्रममा सहकारीका ब्यवस्थापक दिपक राईले केवल बचत तथा ऋृण प्रवाहको लागि मात्र सहकारी खुल्ने भएपनि आफुहरुले ग्राहक तथा बचतकर्ताका अन्य सेवा सुविधामा समेत विशेष ध्यान दिने बताए । उनले बेरोजगार युवाहरुलाई स्वरोजगारमुलक सिप सिकाई आत्मनिर्भर बनाउनुका साथै सस्तो ब्याजदरमा कर्जा प्रवाहको ब्यवस्था मिलाईएको बताए ।
साथै अटो रिक्सा तथा गाडी रि–फाईनाईन्सको योजना ल्याउने तयारी भईरहेको उनले स्पष्ट पारे ।
सहकारीका अध्यक्ष बबर जङ्ग शाहीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा संस्थाका उपाध्यक्ष भुम भण्डारी, सचिव संगिन शर्मा, कोषध्यक्ष बसन्ता सिह ठकुरीका साथै शेयर सदस्य तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १, २०७३     5:03:12 PM  |