25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

११ औं वार्षिकोत्सव सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३  

कोहलपुर, बैशाख २७
बाँकेको कोहलपुर ६ मा रहेको श्री दिव्य विद्या सदन माध्यमिक विद्यालयले आफ्नो ११ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले शैक्षिक रुपमा विकसित भईरहेको कोहलपुरकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्नका लागि गुणस्तरिय शिक्षामा जोड दिन विद्यालय परिवारलाई आग्रह गरेका छन् । ‘देश निर्माणका स्रोत भनेका नै आजका बालबालिका हुन’ उनले भने ‘बालबालिकाहरुलाई सक्षम बनाउनका लागि विद्यालयको महत्वपूर्ण भूमिका
रहेको छ ।’ अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालयमा पठाएर मात्र दक्ष नहुने भन्दै विद्यार्थीको सम्पूर्ण पक्षको विकासका लागि घर परिवारहरुले उचित वातावरणको व्यवस्थापन गर्नु पर्ने उनले बताए । कोहलपुरको शैक्षिक विकासका लागि विद्यालयको विशेष भूमिका रहेन उनले बताए ।
कार्यक्रमका सभापति समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौडेलले दक्ष जनशक्ति उत्पदानका लागि विद्यालय स्थपानकाल देखि लागि परेको बताए । ‘विद्यालयका कमजोरीहरु भए अभिभावकहरुले भन्न सक्नुहुन्छ’ उनले भने ‘हामी तपाईहरुले देखाएकै बाटोमा हिड्न तयार छौं ।’
कार्यक्रममा २०७२ सालको परिक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । हाल सम्म कक्षा १० सम्मको पढाई हुँदै आएको छ भने आगामि दिनहरुमा उच्च मावि बनाउने लक्ष्य लिईएको विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष नारायण प्रसाद गौडेले बताए ।
कार्यक्रममा उत्कृष्ट शिक्षक÷शिक्षिका मध्ये शिक्षिका चन्द्रकला न्यौपानेलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख २७, २०७३     12:05:44 PM  |