दुर्घटनामा एमाले नेता ओलीको मृत्यु



कोहलपुर, बैशाख २१
बाँकेको अगैयामा सवारी दुर्घटनामा परी एमाले बाँके जिल्ला कमिटी सदस्य भेदलाल ओलीको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरबाट भे ६ प ८२७ नम्बरको मोटरसाइकल चढेर कुसुमस्थित घर जाँदै गरेका ओली पूर्वपश्चिम राजमार्गको अगैया नजिकै रोकी राखेको लु १ ख ६८९३ नम्बरको ट्रकमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनामा परेर बिग्रिएका कारण सडकमै रोकिराखेको ट्रकमा सोमबार राति करिब ८ बजे तिर ओलीको मोटरसाइकल ठोक्किएको इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले जनाएको छ । ओली बाँकेको खासकुश्मा गाविसका पूर्व गाविस अध्यक्ष समेत हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २१ गते मंगलबार