कोहलपुर, बैशाख २१
जातीय समता समाज बाँकेको अध्यक्षमा मनबहादुर सुनार चयन भएका छन् । सोमबार भएको प्रथम जिल्ला भेलाले सुनारको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको
हो ।
जसको उपाध्यक्ष ऋषीराम सुनार, सचिव होमबहादुर सुनार, सहसचिव बिरबहादुर सुनार, कोषाध्यक्ष कश्मिरा बिक, सदस्यहरु मदन परियार, गंगा परियार, वैकल्पिक सदस्यहरु रंगीलाल धोवी र ममता बिक रहेका छन् ।
यसअघि भएको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष दिलबहादुर बिकले ब्राम्हणवादी सोचका कारण दलितहरु पछाडि परेको बताए । उनले राजनैतिक पार्टीहरुले दलितलाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने गरेको आरोप समेत लगाए । उनले दलित आन्दोलनलाई वर्गिय मुक्तिको आन्दोलनसँग जोडेर अगाडि बढाए मात्र दलितहरुको समस्या हुने उल्लेख गरे ।
कार्यक्रममा लेखक तथा बामपन्थी बुद्धिजिवी शशिधर भण्डारीले दलितका समस्या र समाधान, दलित आन्दोलन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य तुलसीराम सापकोटा, राजमो बाँके का.वा अध्यक्ष गुणनीधि आचार्य, नेकपा मसाल बाँके पार्टी प्रवक्ता जगदिश ढकाल, अनेम संघ बाँके अध्यक्ष पूणकला भण्डारी, तराई मधेश जनवादी मोर्चा केन्द्रीइ उपाध्यक्ष इशरार अहमद खाँ लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : २०७३ वैशाख २१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्