यी ७ लक्षण देखिएमा क्यान्सर हुनसक्छ



-डा. मदनकुमार पिया

क्यान्सर कसरी र के कारणले हुन्छ भन्ने यकिन गर्न सकिँदैन तैपनि ५० प्रतिशत जति क्यान्सर हामीले खाने बानीका आधारमा लाग्छ । यीमध्ये धेरैजसो क्यान्सर बोसोयुक्त मासु, पोलेको मासु आदि खाएर मोटाएर तथा धूमपान, रक्सी, बियर, आदिको प्रयोगले हुन सक्छ । चुरोटले मात्र पनि करीव ३५ प्रतिशत क्यान्सर हुने गर्छ । अरु बाँकी कारणमा एचआईभी/एड्स, हेपाटाइटिस बी, एचपीभी भाइरस, एच.पाइलोरी आदि रहेका छन् । अरु जस्तै विकीरण क्षेत्रमा काम गर्ने, रंगाउने रसायन, एसबेस्टस तथा प्रदूषित वातावरण पनि क्यान्सरका कारक तत्व मानिन्छन् ।

लामो अध्ययनपछि अमेरिकी क्यान्सर सोसाइटीले ७ वटा लक्षण प्रकाशित गरेको छ ।  यीमध्ये कुनै पनि लक्षण देखापरेमा तुरुन्त  डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

१. निको नहुने खोकी वा स्वर धोक्रो भएमा
२. स्तन या अरु ठाउँमा नदुख्ने गिर्खा आएमा
३. कोठीको आकार बढेर ठुलो हँुदै गएमा
४. निको नहुने घाउ भएमा
५. अत्याधिक रक्तस्राव या पीप आएमा
६. दिशा वा पिसावको तालिका फेरिएमा
७. अपच वा निल्न गाह्रो भएमा

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १२ गते आइतबार