कोहलपुर, बैशाख ६
नेपाल विद्यार्थी संघको ४६ औं स्थापना दिसवको अवसर पारी नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति बाँकेले चैत्र २५ गते बाँकेको कुसुम गाविस वडा नं. १ मा लागेको आगोबाट पिडित अग्नि पिडितहरुलाई राहत वितरण गरेको छ ।
छ घर परिवारलाई करिब २५ थान टिनका पाता वितरण गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य सतिमि बाँकेका कार्यवाहक सभापति नरसिंह रानाको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रको सभापतित्व नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यको रहेको थियो । कार्यक्रममा कृष्णसिंह परियार, नारायण प्रसाद गौडेल लगायत नेपाल विद्यार्थी संघका पदाधिकारहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७३ वैशाख ६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्