रामबहादुर रावत
कोहलपुर, बैशाख ४
कुनै पनि बच्चा जन्मदै खराब नहुने मनोविज्ञानलाई सामान्य बुझाई राष्ट्रिय कार्यक्रम केन्द्रका निर्देशक डा. सुशिल कँडेलले बताएका छन् । बच्चालाई कस्तो बनाउने अभिभावकको भूमिका महत्वपूर्ण हुने भन्दै बच्चा आफै कुनै पनि अवस्थामा खराब नहुने उनी बताउँछन् । कोहलपुरमा रहेको बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीले शुक्रबार बालक र अभिभावक बीच सामान्य बुझाई अभिमुखिकरण कार्यक्रममा बोल्दै डा. कँडेलले भने ‘आफ्नो बच्चालाई अरुको बच्चा सँग तुलना गर्नु हुँदैन ।’ बालकको मनोविज्ञान बुझेर मात्र शिक्षण गर्न शिक्षकलाई उनले आग्रह गरेका छन् । ‘अभिभावकले बच्चालाई सधंै बच्चाकै रुपमा राख्नु पर्छ’ उनले भने ‘त्यसका लागि अभिभावकले बच्चाको मनोविज्ञान बुझनु पर्ने हुन्छ ।’
कोहलपुरमा रहेको बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुले आफ्ना बच्चाहरुको समस्या बताएका थिए ।
विशेष गरेर बच्चाहरु पढ्न तिर ध्यान नदिनुको कारणका बारेमा अभिभावकले डा. सँग जिज्ञासा राखेका थिए । जवाफमा बच्चाले जे गर्न मन छ त्यो गर्न दिनु पर्नेमा डा. कँडेलले जोड
दिए । उनका अनुसार बच्चालाई नियन्त्रित वातावरणमा शिक्षण प्रक्रियामा सहभागिता गराउनु
हुँदैन ।
त्यस्तै कार्यक्रममा बोल्दै बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीका प्रबन्धक निर्देशक कमल पछाईले मनोविज्ञानमा समस्या आएका विद्यार्थीहरुलाई मनोविज्ञान कै डाक्टरद्वारा सफल उपचार गराई शिक्षण गर्ने लक्ष्य लिइएको बताए । बच्चाको शारीरिक र मानसिक विकासको नियमित स्वास्थ्य परिक्षण गरि विद्यार्थीको पठनपाठन गरिने उनले बताए ।
त्यस्तै कार्यक्रमका सभापति समेत रहेका बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीका अध्यक्ष पुष्करनाथ रिजालका अनुसार डा. कँडेलले हाल सम्म नेपालका करिब ३ सय ५० वटा विद्यालयहरुमा मनोविज्ञानको तालिम दिईसकेका छन् भने त्यस्तै शाखाहरु पनि खोलेका छन् । अब कोहलपुरमा पनि बाँके मुनलाइट प्रस्तावित तक्षशिला एकेडेमीले पनि मनोविज्ञान सहितको पठन पाठनमा जोड दिन लागेको उनले बताए ।
कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो । हाल स्कुलको भवन निर्माण कार्य भइरहेको छ । विद्यालयले गुणस्तरिय शिक्षा दिनेमा विश्वास लिएको अभिभावक बताउँछन् ।
प्रकाशित मिति : २०७३ वैशाख ४ गते शनिबार
प्रतिक्रिया दिनुहोस्