कोहलपुर,चैत्र २९
पूर्वपश्चिम यातायात व्यवसायी संघ कोहलपुरका अध्यक्ष प्रेमप्रसाद शर्माले राजिनामा दिएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण देखाउँदै अध्यक्ष शर्माले राजिनामा दिएका हुन् । उनको राजिनामा संघले स्वीकृत गर्दै बरिष्ठ उपाध्यक्ष धनबहादुर पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको छ ।
उनले का.वा. अध्यक्षको जिम्मेवारी सम्हालेसँगै नववर्षमा व्यवसायीहरुलाई बोनस बाँड्ने प्रतिवद्धता जनाएका छन् ।
प्रकाशित मिति : २०७२ चैत २९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्