कोहलपुर, चैत्र २१
नेकपा माओवादी (विप्लब) निटक विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले जिल्ला शिक्षा अधिकारी भिम प्रसाद साउदलाई आठ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
अनुमति नलिई संचालन गरिएका निजी विद्यालय तुरुन्त बन्द गरिनु पर्ने, भारतिय नं. पिलेटका सवारी साधनमा विद्यार्थीहरु ओसार पसार गर्न बन्द गरिनु पर्ने, प्रत्येक विद्यालयले आफ्नो आय व्ययको लेखा परिक्षण गर्नुका साथै पाठेपुस्तक खरिद विक्रिमा लगाइएको सिन्डिकेट खारेज गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै निजी विद्यालयलेअनिवार्य छात्र वृती प्रदान गरिनु पर्ने, शैक्षिक कन्सलटेन्सी, ट्यूसन सेन्टरको नाममा खोलिएका शैक्षिक संस्थाहरुलाई जिल्ला शिक्षा कार्यालयको माताहतमा ल्याउनु पर्ने, झोले विद्यालयलाई तत्काल खारेज गरिनु पर्ने र माप दण्ड विपरित चर्को शूल्क वृद्वि लिन नपाईने र लिइरहेको विद्यालयलाई तत्काल कारवाही गरिनु पर्ने माग रहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्यसमिति बाँकेका सदस्य डि.वि. शाहीले बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्य समिति बाँकेका अध्यक्ष भरत रावलको नेतृत्वमा गएको टोलीले बाँकेका जिल्ला शिक्षा अधिकारी भिम प्रसाद साउदलाई उक्त ज्ञापन पत्र बुझाएको थियो ।
प्रकाशित मिति : २०७२ चैत २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्