कोहलपुर, चैत्र २०
द्वन्दका बेला बेपत्ता पारिएका ब्यक्तिहरुको छानबिनका लागि नियमावली बनेपछि आयोगले काम सुरु गरेको छ । आयोगले पीडितहरुको न्यायका लागि बैशाख २ गतेदेखि जेठ मसान्तसम्म उजुरी आह्वान गरेको छ । बेपत्ता नागरिक छानविन आयोगको आयोजनामा शुक्रबार नेपालगञ्जमा पीडित तथा सरोकारवालाहरुसंँगको अन्तक्र्रिया कार्यक्रममा आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले पीडितले गोप्यरुपमा उजुरी दिन चाहेमा साक्षीको सुरक्षा लगायत ऐन परिमार्जनमा पर्यत्नशील रहेको बताए ।
उनले ८ महिनाको संघर्षपछि गत फागुन ३० गते नियमावली आएकाले पीडितको न्याय कानुनले गर्ने बताए । उनले पीडितका पीडाबाट आफू मर्माहत भएको बताउँदै पीडितहरुलाई धैर्यधारण गर्न आग्रह गरे । आयोग गठन भएको १४ महिनापछि नियमावली सहित पहिलो पटक बाँकेका पीडितका समस्या बुझ्न आएको आयोगको टोलीसंँग पीडितहरुले भावपूर्ण तरिकाले आफ्ना समस्या राख्दै जतिसक्दो चाँडो न्याय दिलाउनुपर्ने माग गरेका थिए ।
प्रकाशित मिति : २०७२ चैत २० गते शनिबार
प्रतिक्रिया दिनुहोस्