20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुर बागिना कला केन्द्र गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२  

कोहलपुर, चैत्र १५
युवा अभियानको संरक्षणमा सोमबार कोहलपुर बागिना कला केन्द्र गठन गरिएको छ । कोहलपुरमा भएको एक भेलाले गणेश विष्टको संयोजकत्वमा कला केन्द्र गठन गरिएको हो । जसको महासचिव प्रदिप प्रसाद आचार्य, सचिवमा ओम कुमारी थापा र कोषाध्यक्षमा खिमा राना रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रीया शाही, सिर्जना शाही, राजन भट, डाली थापा, दिपा बस्नेत,
भुवन भट्टराई लगायत रहेका
छन् ।
कोहलपुरमा छरिएर रहेर रहेका कलाकारहरुलाई संगठित गर्ने उद्देश्यले कला केन्द्र गठन गरिएको हो । युवा अभियान नेपालका केन्द्रिय अध्यक्ष नवराज उपाध्ययायको उपस्थितिमा सो बागिना कला केन्द्र गठन गरिएको हो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र १६, २०७२     5:38:34 PM  |