लघुवित्त समन्वय समिति गठन



कोहलपुर, १२
कोहलपुर नगरपालिका र वित्तिय संस्थाहरुको समन्वयमा लघुवित्त समन्वय समिति गठन भएको छ । शुक्रबार एक कार्यक्रमको अयोजना गरी जनउत्थान सामुदायिक बैंक, निर्धन उत्थान बैंक, स्वावलम्ब लघुवित्त विकास बैंक, छिमेक लघुवित्त बैंक, महिला उपकार मञ्च, नेपाल ग्रामिण विकास बैंक, यूनिक नेपाल, नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था, फरर्वाड कम्यूनिटि माइक्रोफाइनान्स वित्तिय संस्था बिच समन्वय गर्नका लागि उक्त समितिको गठन गरिएको जनउत्थान बैंकका शाखा प्रमुख अशोक कोइरालाले बताए । यस क्षेत्रमा लघुवित्तिय सेवा प्रदान गरिरहेका लघुवित्तिय तथा अन्य वित्तिय संस्था बिचमा सहकार्य गर्न, समस्या पहिचन र वित्तिय सेवाको प्रभावकारिताका बारेमा बृहत छलफल गरिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १२ गते शुक्रबार