नागरिक शिक्षाको आवश्यकता



जुम्ला, १२ चैत । ‘राज्य निर्माणमा नागरिक शिक्षाको आवश्यकता’लाई केन्द्रित बनाएर जुम्ला खलङ्गामा विचारगोष्ठी सम्पन्न गरिएको छ ।

गोष्ठीमा सहभागी अधिवक्ता गणेशदत्त भट्टले कुनै पनि संविधान आस्थाको दस्तावेज रहेको भन्दै त्यसको रक्षा गर्नु नागरिकको दायित्व भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नागरिक शिक्षाको माध्यमबाट नैतिकता प्रदान गर्न सकिने विचार व्यक्त गर्नुभयो । नागरिक अधिकार, कर्तव्य, सचेतनाका विषयमा जानकारी नहुन्जेल राष्ट्र निर्माण नहुने जनाउँदै उहाँले यसका लागि देशका दलहरुले सही भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सहभागी डा चन्द्रदेव भट्टले प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र सामाजिकरुपमा सम्पन्न राष्ट्र भएको जनाउनुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दल, नागरिक समाज र पत्रकारले नागरिक शिक्षाको लागू माथिल्लो तहबाटै हुनुपर्नेमा जोड दिनुभयो । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १२ गते शुक्रबार