राम बहादुर रावत
कोहलपुर, फागुन १४
‘नेपालगञ्जाबाट जहाजमा चड्दा सबैको हाँस्दै चडेका थियौं । जहाज चडेकै केहि समय भएको थियो । सानो आवजमा प्याट ग¥यो र यात्रुहरुले खासखुस गरियौं । तिन पटक सम्म प्याट गर्दा केहि भएको थिएन् । त्यस पछि एकै चोटि ठुलै स्वरमा प्याट ग¥यो । हामी सबै आतियौं । पाइलटले हातको इशारा गर्दै नआतिन संकेत गर्नुभयो । डाडामा ठोकिन लाग्दा बचाउनु भयो । त्यस पछि जहाज अर्को डाडामा पुग्यो । त्यहाँबाट पनि बचाउनु भयो । अनि जहाज यता उती, तल माथि गर्दै थियो । सबै चिचाउन थाले । म निकै होसियारीता अपनाएको थिए । जहाज डाडामै ठोकिन लागिको थियो, तर पाइलटले बचाउनु भयो । सबै यात्रुहरु बेहोस भएछन् । त्यस पछि जहाज कहाँ गयो र के भयो, थाहा नै पाइन् । आफु मरेर पनि यात्रु बचाउनु भयो । जहाज, आफु र यात्रुलाई बचाउनका लागि निकै प्रयास गर्नु भयो तर आफु बच्ना सक्नु भएन् । भगवानले अर्को जन्म दिए । जीवन केहि पनि रहेन्छ ।’ शुक्रबार नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालिकोटको चिलखाया गाविस–२ मा दुर्घटनमा परेका नुवाकोट जिल्ला थानसिङ्ग ३का ४२ वर्षिय धुर्व प्रसाद भण्डारीले बताए । जहाजको एक्कासी इन्जिन खराव भएपछि पाइलटले आकस्मिक अवतरणको प्रयास गरेको भण्डारीले बताए ।
दुर्घटनामा बाँके नेपालगञ्ज १६ का २९ वर्षिय पाइलट दिनेश न्यौपाने र पाल्पाघर भई हाल काठमाण्डौ बस्दै आएका को–पाइलट सन्तोष रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
त्यस्तै जहाज दुर्घटनमा ९ जना घाइते भएका छन् । घाइते हुनेमा जुम्ला चन्दनाथ नगरपालिका वडा नं. ६ का २५ वर्षिय मेघराज गिरी, सो ठाउँका जगदा खत्री, ३० वर्षिय लक्ष्मी सुनार, वडा नं. २ का दुई वर्षिय बालक प्रजोल गिरी, वडा नं. ५ कै धनजय खत्री, जुम्लाकै ३४ वर्षिय लक्ष्मण खड्का, ३९ वर्षिय गणेश भट्टचन र सुनाली भट्टचन रहेका छन् । घाइतेको उपचार अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भईरहेको छ ।
को हुन पाइलट
बाँके नेपालगञ्ज वडा नं. १६ का २९ वर्षिय दिनेश न्यौपाने पाइलट भएको करिब ६ महिना भयो । करिब ७ वर्ष देखि एयर काष्ठमण्डपमा को–पाइलटका रुपमा काम गर्दै आएका न्यौपाने ६ महिना देखि पाइलटका रुपमा एयर काष्ठमण्डपमा काम गर्दै आएका थिए । मानदत्त न्यौपाने र आमा विरलक्ष्मी न्यौपानेका दुई भाई छोरा मध्ये कान्छो छोरा हुन न्यौपाने । दुई भाई दुई बहिनी जम्म चार भाई बहिनी छन् । वि.स. २०६९ सालमा काठमाण्डौकी रजनी न्यौपाने सँग विवाह बन्धनमा बाधिएका न्यौपानेका सन्तान भने छैन् । साउथ अफ्रिकाबाट र अमेरीका बाट न्यौपानेले पाइलट कोर्श पुरा गरेका हुन् ।
को हुन को–पाइलट
एमाले नेता तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाका छोरा सन्तोषा राना हुन् ।
रानाका कान्छा छोरा सन्तोष गत वैशाखदेखि सो एयरमा कार्यरत थिए । सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए । रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन् । लामा दुर्घटनापछि नेपालगंज नै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्