रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउने आदेश



काठमाडौँ ।

रास्वपा सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त रिट पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले रिट निवेदन दायर गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार