फागुन १२
बाँकेमा जारी अन्तर विद्यालय स्तरिय जिविस कप क्रिकेट प्रतियोगितामा होलील्यान्ड उच्च मावि नेपालगन्ज र युनाईटेड एजुकेशनल एकेडेमी कोरियनपुर बिजयी भएका छन् । बुधवार भएको पहिलो खेलमा नेपाली अन्डर १६ राष्ट्रिय टिमका सदस्य विजय चौधरी चम्किएपछि होलिल्यान्डले अनाथलय गौसियालाई एक सय ४१ रनले पराजित गरेको छ । अल राउडर प्रदर्शन गरेका विजयले नट आउट ६५ र दुई विकेट लिएका छन् । होलील्यान्डले खेलमा १८ ओभरको खेलमा ५ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो । उसका लागि दिपक चौधरीले ५२ तथा हिमाल खड्काले ९ रन जोडेका थिए । अनाथलय गौसियका नफिस ईद्रिसी र रिजवान हल्वाइृले समान दुई÷दुई विकेट लिए । एक सय ८८ रनको लक्ष्य पछाएको अनाथलय गौसिया १० ओभरमा सबै विकेट गुमाउँदै ४६ रनमा समेटियो । उसका लागि अमन खाँनले १५ रन जोड्नु वाहेक अरुले दोहोरो अंक समेत जोड्न सकेनन् । होलील्यान्डका विजय चौधरी, दिलिप गुरुङ ईश्वर मल्लले समान दुई÷दुई विकेट लिएको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिए । त्यस्तै दोस्रो खेलमा आर्दश उच्च माविलाई १० विकेटले पराजित गर्दै युनाईटेड एजुकेशनल एकेडेमी कोरियनपुर बिजयी भएको छ । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अदर्शले १३.५ ओभरमा सबै विकेट गुमाएर ७६ रन बनाएको थियो उसका लागि सुमित शाहीले १७ सागर आचार्यले १३ रन बनाएका थिए । युनाइटेडका बलर प्रकास थापाले ३ं५ बलमा १५ रन दिएर ५ विकेट लिएका थिए भने अनल ओली र विवेक शाहीले एक एक विकेट लिए । जवाफी ब्याटिङमा आएको युनाईटेडले ८ ओभरमै लक्ष्य पूरा ग¥यो । उसका लागि सन्दिप शाहीले नटआउट २६ र विपुल शर्माले २२ रनको योगदान दिएको बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले जानकारी दिए । बाँके जिल्ला क्रिकेट संघको आयोजना जिल्ला विकास समिति बाँकेको सहयोगमा भईरहेको प्रतियोगितामा जिल्लाका २० विद्यालयको सहभागिता रहेकोछ ।
प्रतिक्रिया दिनुहोस्