18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

जिविस कप क्रिकेट आडिएल र महेन्द्र नमुना मावि विजयी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२  

नेपालगन्ज फागुन १०
बाँकेमा जारी विद्यालय स्तरीय जिविस कप क्रिकेट प्रतियोगितामा आडिएल पव्लिक उच्च मावि र महेन्द्र नमुना उच्च मावि विजयी भएका छन् । सोमवार भएको पहिलो खेलमा आडिएल पव्लिक उच्च माविले वेष्टजोन मावि नेपालगन्जलाई ८ रनले पराजित गरेको हो । खेलमा टस जितेर पहिला ब्याटिङ गरेको आईडिएलले १७ ओभर ३ वलमा एक सय १८ रन बनाएको थियो । उसका लागि ईसाद मियाँले २९ अकिव अलीले २२ रन जोडेका थिए । बलीङ तर्फ वोष्टजोनका हिमालय साहुले ४ रोसन कठायतले र अकल सिंहले समान दूई दुई विकेट लिए । १ सय १९ रनको लक्ष्य पछाएको वोष्टजोनले २० ओरमा ६ विकेट गुमाँर्दै एक सय १० रनमा समेट्यो । उसका लागि संसित मल्लले ४३ रन जोड्नु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । आईडिएलका सेराज ईद्रीसी ३ र ललित अहमदले २ विकेट लिनुभयो । त्यस्तै खोस्रो खेलमा महेन्द्र नमुना उच्च माबिले वागेश्वरी एकेडेमी कोहलपुरलाई ४ विकेटले पराजित गयो । खेलमा टस हारेर पहिला ब्याटिङ गरोको वागेश्वरीले १५ ओभर ४ बलमा ८ विकेट गुमाएर ९८ बनाएको थियो । ९९ रनको लक्ष्य पछाएको महेन्द्र नमुनाले १४ ओभर ५ बलमा ६ विकेट गुमाएर विजयी लक्ष्य भेटायो । प्रतियोगितामा मंगलवार पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा दिपज्योती उच्च मावि र एविसी रेसिडेन्टल तथा दोस्रो खेलमा मंगल प्रसाद र गोर्खा युनाईटेड विचच खेल हुने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिए । प्रतियोगितामा जिल्लाका २० विद्यालयहरुले सहभागिता जनाएको छन् । प्रतियोगिता १६ गते सकिने छ ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १०, २०७२     6:18:11 PM  |